कांग्रेस महामन्त्री शर्मालाई संक्रमण

कांग्रेस महामन्त्री शर्मालाई संक्रमण

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण भएको छ । उनले आज सामाजिक सञ्जालमार्फत ८ महिनापछि सपरिवारमा संक्रमित भएको बताएका हुन् ।

सार्वजनिक कार्यक्रममा सतर्कता नअपनाउनुको परिणाम आफू संक्रमित भएको शर्माले बताएका छन् । उनले भने, ‘सार्वजनिक कार्यक्रममा सतर्कता नराख्नुको परिणाम संक्रमण, आत्मआलोचित छु ।’

लक्षणले ग्रस्त भएपछि मेडिसिटी अस्पतालमा पीसीआर गरिएकोमा आज आफूसहित परिवारका सबैको रिपोर्ट पोजिटिभ आएको उनले बताए । महामन्त्री शर्माले कोरोनालाई जितेर एक सातामा काममा फर्किने विश्वास व्यक्त गरेका छन् ।

टिप्पणीहरू