नाकामा ढुकेर लुटपाट गर्ने गिरोह प्रहरीको फन्दामा

नाकामा ढुकेर लुटपाट गर्ने गिरोह प्रहरीको फन्दामा

भारतमा मजदुरी गरेर नेपाल फर्किंदै गरेका एक व्यक्तिलाई लुटपाट गर्ने पाँच जना पक्राउ परेका छन् । सीमानाका हुँदै घर फर्किने क्रममा महोत्तरीको भंगाहा नगरपालिका–७, गोरानाका अमितकुमार पासवानलाई लुटपाट गरेको आरोपमा गएराति उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बटेश्वर गाउँपालिका ४ का २७ वर्षीय जीवन ठाकुर, २३ वर्षीय चन्द्रदेव यादव, २६ वर्षीय कमलेश यादव, ३२ वर्षीय रामबाबु यादव र २६ वर्षीय नरेशरवी दास हुन् । उनीहरुले पासवानको साथबाट ४५ हजार भारु र १ थान मोबाइल लुटपाट गरेको जिल्ला प्रहरी कार्यलय धनुषाले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ परेकाहरु यसअघि पनि भारतबाट काम गरी घरतर्फ आउनेहरुको धनमाल लुटपाट गर्ने कार्यमा पटक–पटक संलग्न रहेको खुलेको छ । प्रहरी चौकी बटेश्वरबाट खटिएको टोली उनीहरुलाई समातेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू