मुख्यमन्त्रीको घरमा ढुंगा हानेर सिसा फुटाउने को हुन् ?

मुख्यमन्त्रीको घरमा ढुंगा हानेर सिसा फुटाउने को हुन् ?

मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको निजी निवासमा ढुंगा प्रहार गर्ने एक युवकलाई प्रहरीले समातेको छ । वीरगञ्ज महानगरपालिका–१ का २६ वर्षीय सुमन पटेललाई ढुंगा हानेको आरोपमा प्रहरीले समातेको हो ।

प्रदेश नम्बर २ को नाम मधेश प्रदेश र राजधानी जनकपुर राख्ने निर्णयको विरोधमा हिजो दिउँसो वीरगञ्जको घण्टाघरमा मुख्यमन्त्रीविरुद्ध मोटरसाइकल र्याली निकालिएको थियो । सो क्रममा पटेलले मुख्यमन्त्री राउतको निवासमा ढुंगा हानेको प्रहरीले जनाएको छ । ढुंगा प्रहारबाट निवासको दुई वटा सिसासमेत फुटेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

उनलाई पक्राउ गरी आपराधिक उपद्रसम्बन्धी कसूरमा अनुसन्धान अघि बढाइएको छ ।

टिप्पणीहरू