विश्वका सबैभन्दा जेठा व्यक्ति रहेनन्

विश्वका सबैभन्दा जेठा व्यक्ति रहेनन्

विश्वकै सबैभन्दा धेरै वर्ष बाँच्न सफल एक पुरुषको मृत्यु भएको छ । स्पानियार्ड सातुर्निनो डि ला फ्ल्युटी ग्रार्सियाको नामका ति पुरुषको ११२ वर्ष ३४१ दिनमा मृत्यु भएको हो ।

उनी ११२ वर्ष २११ दिन पूरा हुँदा नै विश्वकै सबैभन्दा जेष्ठ व्यक्ति घोषित भएका थिए । अर्को महिना उनी आफ्नो ११३ औँ जन्मदिन मनाउने योजनामा थिए ।

चार फिट नौ इन्च अग्ला स्पानिर्याडको जन्म सन् १९०९ को फेब्रररीमा पोन्टे कास्ट्रोको लियोनमा भएको थियो । उनी पेसाले एक जुत्ता व्यापारी थिए । उनका सात छोराछोरी, १४ नातिनातिना र २२ पनाति छन् ।

गिनिज वल्र्ड रेकर्डका अनुसार जीन लुइस कालमेन्ट अहिलेसम्म रेकर्ड भएकामध्ये सबैभन्दा बढी समय बाँच्ने व्यक्ति हुन् ।

टिप्पणीहरू