‘१२ देखि १७ वर्षका सबैले खोप लगाए’

‘१२ देखि १७ वर्षका सबैले खोप लगाए’

सरकारले सञ्चालन गरेको पूर्ण खोप कार्यक्रमअन्र्तगत जाजरकोटमा १२ देखि १७ वर्षका सबैले कोभिडविरुद्धको खोप लगाएका छन् । जिल्लाका १२ देखि १७ वर्ष उमेरका २३ हजार २० बालबालिकाले कोभिड–१९ विरुद्धको मोडर्ना खोपको पहिलो मात्रा लगाएका हुन् ।

पुस १२ गतेदेखि सञ्चालन भएको खोप अभियान जिल्लाका सात वटा स्थानीय तहका २ सय ५० विद्यालय तथा स्वास्थ्य संस्थामा सञ्चालन भएको थियो ।

स्वास्थ्य सेवा कार्यालयका खोप सुपरभाइजर शान्तबहादुर बुढाकाअनुसार १२ देखि १७ वर्ष उमेरका शतप्रतिशत बालबालिकालाई खोप लगाइएको छ । बारेकोटमा २ हजार ६ सय ३१, कुशेमा २ हजार ९ सय १०, जुनीचाँदेमा ३ हजार १ सय ४३, छेडागाडमा ५ हजार ९९, शिवालयमा १ हजार ४ सय ५६, भेरीमा ४ हजार ३ सय ११ र नलगाडमा ३ हजार ६ सय ५१ बालबालिकालाई खोप लगाइएको हो ।

जाजरकोटमा बालबालिकासँगै अन्य उमेर समूहका लागि पनि खोप अभियान सञ्चालनमा छ । हालसम्म ८६ हजार २ सय ४४ जनालाई पहिलो र ६५ हजार ४ सय ७२ लाई दोस्रो मात्रा खोप लगाइको बुढाले जानकारी दिएका छन् ।

टिप्पणीहरू