महामारीले अरुलाई घाटा, अर्बपतिलाई नाफा

महामारीले अरुलाई घाटा, अर्बपतिलाई नाफा

महामारीका कारण विश्वका न्यून र सिमित आय भएका मानिस दिन प्रतिदिन गरिबीतर्फ धकेलिएका छन् । तर धनाढ्यहरुको सम्पत्ति भने दोब्बरले बढेको पछिल्लो एक अध्ययनले देखाएको छ ।

अक्सफामले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनअनुसार महामारीको बेला संसारका १० धनाढ्यको सम्पत्ति दोब्बरले बढेको हो । स्वीट्जरल्याण्डको डाभोसमा हुन लागेको विश्व आर्थिक मञ्चको पूर्वार्धमा उसले विश्वव्यापी असमानतासम्बन्धी प्रतिवेदन सार्वजनिक गरेको छ ।

अक्सफाम विश्व गरिबी न्यूनीकरणमा सघाउ पुर्याउने उद्देश्यले बेलायतमा स्थापित एउटा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था हो । अक्सफाम इन्टरनेशनलको स्थापना सन् १९४२ मा भएको हो । यसको मुख्य कार्यालय केन्याको नैरोबीमा छ । त्यहि संस्थाले सार्वजनिक गरेको प्रतिवेदनअनुसार सन् २०२० पछि विश्वका १० धनाढ्यको सम्पत्ति दोब्बरले बढेको छ ।

‘गरिवीको कारण दैनिक २१ हजारको ज्यान गैरहेको यो महामारीको समयमा हरेक दिन नयाँ अर्बपति जन्मिएका छन् । लकडाउनका कारण विश्वको धेरै जनसंख्या गरिबीको रेखामुनि धकेलिएको छ । अन्तर्राष्ट्रिय बजार, पर्यटनलगायतका कारण १६ करोड मानिस गरिबीतर्फ धकेलिएका छन्,’

‘यो महामारीको समयमा हरेक दिन नयाँ अर्बपति जन्मिएका छन् । लकडाउनका कारण विश्वको धेरै जनसंख्या गरिबीको रेखामुनि धकेलिएको छ । अन्तर्राष्ट्रिय बजार, पर्यटनलगायतका कारण १६ करोड मानिस गरिबीतर्फ धकेलिएका छन्,’ अक्सफामका प्रमुख कार्यकारी अधिकृत डेनी श्रीसकान्दराजाहले उल्लेख गरे ।

विश्वका धनीहरुको फेहरिस्त प्रकाशित गर्ने फोर्ब्स पत्रिकाको पछिल्लो तथ्याङ्कअनुसार एलन मस्क,जेफ बेजोस,बर्नाड आर्नअल्ट, बिल गेट्स,ल्यारी इलिसन,ल्यारी पेज,सर्जी ब्रिन,मार्क जुकरबर्ग, स्टेभ बाल्मर र वारेन बफेटजस्ता १० धनाढ्यको सम्पत्ति महामारीको समयमा झन् तीव्र गतिले बृध्दि भएको छ ।

प्रतिवेदनमा भनिएको छ, ‘गरिबीका कारण विश्वमा दैनिक २१ हजारको मृत्यु हुने गरेको छ ।’

टिप्पणीहरू