मन्त्री र राज्यमन्त्रीतिर दोष देखाउँदै बैंकहरुको मर्जर भाँडियो

मन्त्री र राज्यमन्त्रीतिर दोष देखाउँदै बैंकहरुको मर्जर भाँडियो

हिमालयन बैंकले नेपाल इन्भेष्टमेण्ट बैंकसँग गर्ने भनेको मर्जर (गाभिने काम) भंग भएको छ । नेपाल राष्ट्र बैंकको वर्तमान नेतृत्वले फोर्स मर्जर भने पनि सबै प्रक्रिया सकाएपछि एकाएक मर्जर प्रक्रियाबाट अलग्गिएको निकायप्रति मुख खोलेको छैन ।

उचित र पर्याप्त कारणविना अन्तिम समयमा मर्जर प्रक्रियाबाट अलग्गिएको बैंकलाई नियमनकारी निकायले केही गर्ला जस्तो पनि देखिन्न । अन्तर्यमा राजनीतिक कारण मर्जरबाट बाहिरिने निर्णय गरेको भेउ पाएको राष्ट्र बैंकले अरुलाईझैँ सम्बन्धित बैंकलाई दबाब दिने सम्भावनासमेत नदेखिएको स्रोतले बताएको छ ।

नियमनकारी निकायले मर्जर नगरेको र मर्जर प्रक्रियाबाट अलग्गिएपछि अब कार्वाही हुने कसलाई ? यत्तिका महिना गरिएको गृहकार्य र लगानीको अर्थ के ? भन्ने पनि प्रश्न उठ्न थालेको छ ।

दुई बैंकबीच झण्डै पाँच महिनादेखि रात दिनको बैठक र छलफल गरेर मर्जरमा जाने टुंगो लागेको थियो । तर केही दिनअघि हिमालयन बैंकको साधारण सभाले मर्जर नगर्ने भनेपछि झण्डै आधा वर्षदेखिको मेहनत खेर गएको रास्ट्र बैंकका अधिकारीहरु बताउँछन् । ‘इन्भेस्टमेन्टवालाहरु तयार या आतुर थिए,मर्जरको लागि विशेष साधारण सभाको मितिसमेत घोषणा गरिएको थियो । संयुक्त मर्जर कमिटीको बैठकमा धेरै छलफल भएको थियो । तर एकाएक मर्जर टुटेछ,’उनीहरुको भनाइ हो यो ।

“मनोज र राज्यमन्त्री श्रेष्ठबीच घरजग्गा कारोबार र प्रेसमा साझेदारी छ । ललितपुरको हात्तिवनस्थित मिलेनियम प्रेसमा उनीहरुको साझेदारी धेरै पहिलेदेखिको हो । त्यतिबेला आङछिरिङहरुले प्रकाशित गर्ने “समय” म्यागेजिन त्यहिँ छापिन्थ्यो ।

कसले टुटायो होला मर्जर ? भनेर जनआस्थाले राष्ट्र बैंकको उच्च स्रोतसँग सोधेको थियो । स्रोतले सतहमा साधारण सभालाई दोष लगाए पनि हिमालयन बैंकका पूर्वअध्यक्ष मनोजबहादुर श्रेष्ठ र अहिलेका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठको इन्ट्रेस्ट रहेको बताएको छ । उसले भन्यो, ‘आगोमा घिउ हाल्ने काम कर्मचारी सञ्चय कोषले पनि गरेको हो ।’

मर्जर भाँडिदा अर्थमन्त्री जनार्दन शर्मा र स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठको नामसमेत मुछिएको छ । मनोज र प्रचण्डको मन्त्री शर्मा र राज्यमन्त्री उमेशसँग निकै राम्रो सम्बन्ध रहेकाले श्रेष्ठ दाजुभाइले त्यही सम्बन्ध प्रयोग गरेको कतिपयको आंशका छ । मनोज र राज्यमन्त्री उमेश व्यापारिक साझेदारसमेत हुन् उता मनोज र प्रचण्ड भने नाताले दाजुभाइ हुन् ।

मनोज र राज्यमन्त्री श्रेष्ठबीच घरजग्गा कारोबार र प्रेसमा साझेदारी छ । ललितपुरको हात्तिवनस्थित मिलेनियम प्रेसमा उनीहरुको साझेदारी धेरै पहिलेदेखिको हो । त्यतिबेला आङछिरिङहरुले प्रकाशित गर्ने “समय” म्यागेजिन त्यहिँ छापिन्थ्यो ।

पछिल्लो अवस्थाले अब हिमालयन र इन्भेष्टमेण्ट बैंकबीच मर्जरको सम्भावना लगभग टरेको छ । तर अहिलेसम्म पत्र नआएकाले आधिकारिक रुपमा बोल्न नमिल्ने दुबै बैंकका अधिकारीहरुले कूटनीतिक जवाफ दिएका छन् । यसबीच कोभिड संक्रमणका कारण मर्जर कमिटीको बैठक पनि बसेको छैन ।

टिप्पणीहरू