१३ वडा अध्यक्षले हार्दा पत्रकार र शिक्षकलाई हाइसन्चो

१३ वडा अध्यक्षले हार्दा पत्रकार र शिक्षकलाई हाइसन्चो

नेकपा एमाले काभ्रेको १० औं जिल्ला अधिवेशनमा खानीखोला गाउँपालिकाका अध्यक्ष कृष्ण खुलालसहित १३ जना वडाध्यक्ष पराजित भएका छन् ।

जनताको मतले जितेका वडा अध्यक्षहरूलाई म्याद सकिन लाग्दा पार्टीको निर्वाचनमा भने असफलता हात लागेको हो । अध्यक्षमा अशोक ब्याञ्जु निर्विरोध भएका छन् । धुलिखेल नगरपालिकाका मेयर, नेपाल नगरपालिका संघका अध्यक्ष ब्याञ्जु एमाले फुटेदेखि नै अध्यक्ष थिए ।

मतमा पछि पर्नेहरूमा धुलिखेल २ का देवप्रसाद कोइराला, १० का पुष्प राउत, १२ का हर्कबहादुर तामाङ, चौरीदेउराली गाउँपालिकाका रेशम चौलागाईं, बनेपा ३ का कृष्णप्रसाद दाहाल, रामबहादुर कुँवर, शिवकुमार थापा, मण्डनदेउपुरका झलकप्रसाद पौडेल, पनौतीका गुणनाथ सापकोटा, पाँचखालका पुष्कर ढकाल, नमोबुद्धका रामशरण हुमागाईं, भुम्लुका डेगबहादुर कुँवर छन् । शिक्षक मोहन भुजेल माआवादी केन्द्रबाट समायोजन भएकाले निर्विरोध भए ।

अदालतले शिक्षकहरूलाई सक्रिय राजनीतिमा पदसहित समावेश हुन आदेश जारी गरेको भए पनि एमालेले भुजेललाई निर्विरोध गरेको छ भने अन्य केहीले पनि निर्वाचनमा सहभागी भई विजय हासिल गरेका छन् । केही वडाध्यक्षले भने विजय हासिल गरेका छन् । पत्रकार र शिक्षकले सक्रिय राजनीतिमा सहभागी नहुने भनिए पनि काभ्रेमा १० भन्दा धेरै पत्रकार एमालेको जिल्ला सदस्य छानिएका छन् ।

पूर्वअध्यक्ष भोजराज तिमल्सिना, सल्लाहकार नवराज बजगाई, पत्रकार महासंघको सदस्य पूर्णचन्द्र सिग्देल, दयाराम महत (धुलिखेल अध्यक्ष), सुरेश हुमागाईं (पनौती अध्यक्ष), पत्रकारहरू होम चौलागाईं, सजना आचार्य, श्याम सापकोटालगायत निर्वाचनमा सहभागी भए । १३ वटै पालिकाबाट कार्यकर्ता तथा शुभचिन्तकको ठूलो सहभागिता रहेको उद्घाटन सभामा झण्डै ४० हजार नागरिकको सहभागिता रहेको एमालेले जनाएको छ । धुलिखेलको रंगशाला भरिएर एमाले सभामा दायाँबायाँ नागरिकहरूको भीड लागेको थियो ।

तीन वडा अध्यक्ष एमाले प्रवेश
राप्रपा जिल्ला अध्यक्ष टुल्कु लामा, उपाध्यक्ष श्रीदास लामा र गंगामाया लामा, सचिव धनजित लामासहित जिल्ला समितिमा रहेका ३१ जना र राप्रपाका प्रतिनिधि सभा, प्रदेश सभाका नेता तथा कार्यकर्ता गरी ७ सयभन्दा धेरै एमालेमा प्रवेश गरेका छन् । जसमध्ये श्रीदास रोशी गाउँपालिका वडा नम्बर १ का अध्यक्ष हुन् भने धनजित वडा नम्बर ३ का अध्यक्ष हुन् । त्यस्तै नेकपा क्रान्तिकारीका तेजबहादुर रानामगर पनि एमालेमा पसेका छन् । उनी रोशी गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष हुन् । त्यस्तै नेकपा माओवादी केन्द्रका आषिश राना मगर, माओवादीका यसबहादुर लामा, नेपाली कांग्रेसका इन्द्रमान तामाङसहित १ हजार २ सय जना एमालेमा प्रवेश गरेको एमाले काभ्रेका अध्यक्ष अशोक ब्याञ्जुले बताउनु भयो । काभ्रेमा एक सिट जितेको उक्त पार्टीका सबै नेता, कार्यकर्ता एमालेमा समाहित भएका छन् ।

उपाध्यक्षमा चन्द्र लामा विजयी हुनु भएको छ भने सचिव पदमा राजन भुर्तेल र उपसचिवमा गोलाप्रथाबाट राजकुमार सापकोटा निर्वाचित र रिता ढकाल गौतम निर्विरोध निर्वाचित हुनुभएको छ । १ सय ५ सिटमा ३५ जना महिला निर्वाचित भएका छन् । १ सय ५ मध्ये २६ जना निर्विरोध हुँदा ७९ पदका लागि २ सय १५ जनाले प्रतिस्पर्धा गरेका थिए । श्याम सापकोटा र हर्कमान तामाङको बराबरी मत प्राप्त भएपछि गोला तानिएको थियो ।

टिप्पणीहरू