​अस्पतालबाट झण्डै अपहरण

गाई मारेर गधा पोस्ने भनेको यही हो । तलब सरकारी अस्पतालबाट खाने, सेवा निजी अस्पतालको गर्ने । सरकारी अस्पतालमा आएका बिरामीलाई निजीतिर रिफर गरेर मुनाफा खाने धन्दामा छन् केही डाक्टर । रगत बग्ने समस्याले सताएपछि अस्ति आइतबार परिवारको साथ लागेर त्रिवि शिक्षण अस्पतालको इमरजेन्सी वार्डमा भर्ना हुन पुगे शरद श्रेष्ठ । लिभरका बिरामी ।

वीर अस्पताल हँुदै त्रिवि शिक्षण अस्पतालमा उपचार गराउँदै थिए । साताअघि मात्र डाक्टरसँग परामर्श लिएर फर्केकोमा अकस्मात् रगत बगेपछि आइतबार साँझ ७ बजे आकस्मिक कक्षमा भर्ना भए । एकै क्षण डाक्टर र नर्सको मेला लाग्यो । न परिवारसँग परामर्श, न बिरामीसँग सोधपुछ, भनियो, ‘उपचार यहाँ हुँदैन, बल्खुमा अवस्थित राजधानी अस्पतालमा जानू ।’ बाहिर एम्बुलेन्स तैनाथ थियो । अपहरण शैलीमा बिरामी उठाएर बल्खु पु¥याइयो । तर, त्यो तन्नम अस्पताल । बिरामीका नाममा चरा मुसा थिएनन् ।

एक आफन्तले अस्पतालबारे अन्य डाक्टरसँग बुझे, परामर्श लिए । त्यो न  चलेको अस्पताल थियो न त थिए विशेषज्ञ डाक्टर नै ! त्यस्तो अस्पतालमा राख्नु र उपचार गराउनु बिरामीलाई जानी जानी मृत्युको मुखमा धकेल्नु हो । उनीहरूले बिरामीलाई डिस्चार्ज गर्न खोजे । मोलमोलाइ चल्न थाल्यो । कर्मचारीहरू जति भन्नुहुन्छ त्यति घटाएर उपचार गरौंला बिरामी नलैजानु भन्दै थिए । आफन्तले शरदलाई अल्का अस्पताल पाटन पु¥याएर उपचार गराउँदै छन् । 

टिप्पणीहरू