सँधै कुहिएको माछा बेच्ने व्यापारी आज फेला परे « Jana Aastha News Online
Logo
५ जेष्ठ २०७९, बिहीबार
|  Thu May 19 2022
Logo
५ जेष्ठ २०७९, बिहीबार
|  Thu May 19 2022

सँधै कुहिएको माछा बेच्ने व्यापारी आज फेला परे

प्रकाशित मिति :  ४ माघ २०७८, मंगलवार २१:००


– अजय गोर्खाली

केही दिनअघि चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ माछा काण्डमा नराम्ररी मुछिएका थिए । तर माछा व्यवसायीहरु पनि सबै दुधले नुहाएका थिएनन् । नाफाखोरहरुले खान अयोग्य माछासमेत धमाधम बेच्ने गरेको अनुगमनको क्रममा पाइएको छ ।

No description available.

चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्मा नेतृत्वको टोलीले आज दिउँसो नारायणगढको बालकुमारी, सब्जीमण्डी र कमलनगर क्षेत्रका माछा पसलको अनुगमन गर्दा कतिपयले सडेगलेका माछासमेत बेचबिखन गरेको पाइएको हो । ‘माछामा फर्मालिन प्रयोग भएको छ कि छैन भनी हेर्दा फर्मालिन त प्रयोग भएको पाइएन’, सहायक प्रजिअ शर्माले भने, ‘तर सडेगलेका माछा बेच्न राखेको फेला प¥यो ।’

बालकुमारी मण्डीस्थित राजकपुर श्रेष्ठको माछा पसलबाट ७० केजी पंगास माछा जफत गरी नष्ट गरिएको उनले बताए । खान अयोग्य ती माछा होटलहरुमा पठाउन ठिक्क पारिएको अवस्थामा फेला परेको थियो ।

यसैगरी, कमलनगरको आलम फिस सप्लायर्सबाट पनि दुई बोरा कुहिएको माछा (फाल्नको लागि राखिएको भनिएको) जफत गरी प्रशासन कार्यालयको हातामा खाल्डो खनी नष्ट गरिएको छ । आजको अनुगमनबारे सहायक प्रजिअ शर्माले भने, ‘कमलनगरकै उमेश माछा पसलमा बेच्न राखिएको सडेको दुई केजी रहु माछा पनि जफत गरेर नष्ट ग¥यौं । राजकपुर र उमेश दुबैलाई भोलि जिल्ला प्रशासनमा बोलाएका छांै ।’

No description available.

नेपालमा प्रतिबन्धित माहुर माछा चितवनमा पनि प्रायः माछा पसलहरुमा बेच्न राखिएको पाइन्छ । अनुगमनमा माछा पसलेहरुलाई माहुर नबेच्न सुझाइएको बताउँदै संयुक्त बजार अनुगमन समिति चितवनका संयोजक रहेका शर्मा भन्छन्, ‘माहुर माछा किसानले पनि पाल्न भएन, व्यापारीले पनि बेच्न भएन । यसमा स्वास्थ्यका लागि हानिकारक पारोको मात्रा हुन्छ ।

माहुरलाई फोहोरी माछा भनिन्छ । त्यसको आहारा नै कुहिएको माछा–मासु हो । त्यसैले प्रतिबन्धित तथा अस्वस्थकर माहुर माछाको उत्पादन तथा बिक्री–वितरणमा रोक लगाउन लागिएको सहायक प्रजिअले बताए ।


प्रतिक्रिया दिनुहोस !