जुम्ल्याह बच्चा पाएकी सुत्केरीको हेलिकप्टरमा उद्धार

जुम्ल्याह बच्चा पाएकी सुत्केरीको हेलिकप्टरमा उद्धार

जुम्ल्याहा बच्चा जन्माएकी सुत्केरी महिलाको उद्धार गरिएको छ । जाजरकोटको कुशे गाउँपालिका ५ की २५ वर्षीया सरस्वती रावललाई रुकुम पश्चिमको चौरजहारी अस्पतालबाट उद्धार गरिएको हो । उनलाई नेपाली सेनाको हेलिकोप्टरमा उद्धार गरेर आज सुर्खेत लगिएको छ । स्थानीय स्वास्थ्य संस्थामा जुम्ल्याहा छोराको जन्म दिएकी रावललाई रक्तअल्पताको कारण समस्या बढेपछि गत पौष २९ गतेदेखि चौरजहारी अस्पतालमा भर्ना गरिएको थियो ।

शिशु जन्मेको १४ दिनपछि अस्पतालमा भर्ना गरिएकी उनको शरीरमा निकै डरलाग्दो अवस्थामा रक्तअल्पता देखिएपछि चौरजहारी अस्पतालले सुविधासम्पन्न अस्पतालमा लैजान बिरामीका आफन्तलाई सल्लाह दिएको थियो । सुत्केरी महिलाका जुम्ल्याह छोराको स्वास्थ्य अवस्था भने सामान्य रहेको पारिवारिक स्रोतले बताएको छ ।

कमजोर आर्थिक अवस्थाकी उनको उद्धारमा स्थानीय गाउँपालिका १ का वडाअध्यक्ष गोपाल नेपालीको विशेष पहल रहेको बताइन्छ । राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत सुत्केरी महिलाको हेलिकोप्टरमा उद्धार गरिएको हो ।

टिप्पणीहरू