ललितपुरका कुन अस्पतालमा पाइन्छ बुस्टर डोज ?

ललितपुरका कुन अस्पतालमा पाइन्छ बुस्टर डोज ?

ललितपुर महानगरपालिकाले अग्रपक्तिमा खट्ने सबैलाई आजदेखि कोरोनाविरुद्धको बुस्टर डोज दिन थालेको छ । कोरोना भाइरसविरुद्ध पूर्णखोप लगाएको छ महिना कटेकालाई आजबाट बुस्टर डोज दिन थालिएको हो ।

स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी तथा सम्पूर्ण कर्मचारी, सुरक्षाकर्मी, फोहोर संकलन तथा सरसफाइकर्मी, त्रिभुवन विमानस्थलमा खटिने कर्मचारी, सार्वजनिक क्षेत्रमा खटिने बैंकका कर्मचारी, सञ्चारकर्मी, सार्वजनिक यातायातका चालक, सहचालक आदिलाई खोपको व्यवस्था मिलाइएको हो ।

ललितपुर महानगरपालिका भित्रका नेपाल मेडिकल, स्टार, सुमेरु, सर्वाङ्ग, अल्का, स्टार, निदान, बिएण्डबी र मेडिसिटी अस्पतालमा खोप लगाउन सकिने छ । आजबाट सञ्चालन गरिएको खोप कार्यक्रम पर्सि बिहीबारसम्म सञ्चालन हुँदैछ । ती अस्पतालमा बिहान १० देखि बेलुकी ४ बजेसम्म खोप लगाउन सकिन्छ ।

टिप्पणीहरू