१० हजार बढी संक्रमित थपिए, काठमाडौं उपत्यका उच्च जोखिममा

१० हजार बढी संक्रमित थपिए, काठमाडौं उपत्यका उच्च जोखिममा

पछिल्लो समय काठमाडौं उपत्यका कोरोनाको उच्च जोखिममा परेको छ । गत २४ घण्टामा काठमाडौंमा चार हजार चार जना संक्रमित थपिएका छन् । भक्तपुरमा पाँच सय ७० र ललितपुरमा नौ सय ७५ संक्रमित भेटिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मुलुकभर १० हजार दुई सय ५८ जना कोरोना संक्रमित भेटिएका छन् । २२ हजार आठ सय २८ जनामा नमूना परीक्षण गर्दा उक्त संख्या भेटिएको हो ।

यो अवधिमा पाँच सय ६२ जना संक्रमणमुक्त भएका छन् । हाल मुलुकभर कोरोना संक्रमण निको हुने दर ९४ दशमलव २ प्रतिशत रहेको छ । योसँगै मुलुकभर ३९ हजार ४४ जना सक्रिय संक्रमित छन् ।

कोरोनाबाट आजसम्म मृत्यु हुनेको संख्या ११ हजार छ सय २४ पुगेको मन्त्रालयले जनाएको छ । आज कोरोनाको कारण एक जनाले ज्यान गुमाएका छन् ।

गत २४ घण्टामा थपिएका संक्रमितमध्ये तीन हजार ६४ जना युवायुवती छन् भने पाँच सय ७८ जना किशोरकिशोरी हुन् । त्यस्तै, ११ वर्षमुनिका एक सय ५९ जना संक्रमित थपिएका छन् । तीन सय ५८ जना वृद्धवृद्धामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौंमा सक्रिय संक्रमितको संख्या १७ हजार सात सय नौ पुगेको छ । भक्तपुरमा दुई हजार तीन सय ९६ र ललितपुरमा चार हजार चार सय ७१ जना संक्रमित छन् ।

टिप्पणीहरू