हिजो नामकरण, आज पुत्ला दहन

हिजो नामकरण, आज पुत्ला दहन

प्रदेश २ को नाम ‘मधेस प्रदेश’ राखिएको विरोधमा जनकपुरधाममा विरोध प्रदर्शन भएको छ । २२ जिल्लामा फैलिएको मधेसलाई आठ जिल्लामा सीमित गरेको भन्दै युवाहरूले जनकपुरको जानकी चोकमा प्रदेश सांसदहरूको पुत्ला दहन गरेका छन् ।

युवा अभियन्ता सुशील कर्णको अगुवाइमा जानकी चोकमा युवाहरूले आठ जिल्लालाई मधेस प्रदेश मान्दैनौं, प्रदेशको नाम मिथिला भोजपुरा कायम गर भन्दै पुत्ला जलाएका छन् ।

मधेस आन्दोलनमा आफू पनि अग्रपंक्तिमा रहेको बताउँदै कर्णले आठ जिल्ला मधेस प्रदेश मान्य नहुने बताए । आठ जिल्लाको पहिचान मिथिला भोजपुरा रहेकाले सोही पहिचानको आधारमा प्रदेशको नाम हुनुपर्ने माग गरे ।

यसैबीच, पर्साको वीरगञ्जमा प्रदेशको स्थायी राजधानी जनकपुरधाम तोकिएकोमा हिजोदेखि नै युवाहरुले विरोध गर्दै आएका छन् ।

टिप्पणीहरू