दुबईबाट फर्केका युवकलाई अपहरण गर्नेहरु प्रहरी फन्दामा

दुबईबाट फर्केका युवकलाई अपहरण गर्नेहरु प्रहरी फन्दामा

दुबईबाट आएका एक युवकलाई अपहरण गर्ने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौंको तारकेश्वर नगरपालिका–५, जरंखुका ३२ वर्षीय सञ्जोग राई, ३० वर्षीय रमेश अर्याल र मकवानपुरगढी गाउँपालिका घर भइ काठमाडौंमा होटल व्यवसाय गरिरहेका ३१ वर्षीय गोकुल घिमिरेलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेशराज मैनालीका अनुसार उनीहरुले गत असोज ८ गते दुबईबाट स्वदेश फर्किएका सिरहाका ३० वर्षीय रामेश्वर रामलाई बन्धक बनाएका थिए ।

उनलाई बसेको होटलबाट लिएर ज्याठास्थित होटल प्लेजर होममा लगेर बन्धक बनाएपछि कुटपिट गर्ने, ज्यान मार्ने धम्की दिने, चुरोटको ठुटोले पोलेर यातना दिँदै झोला र मोबाइल खोसिएको उजुरी परेको थियो । सोही उजुरीका आधारमा अनुसन्धान गर्दै जाँदा बन्धक बनाउने कार्यमा संलग्न तीन जना पक्राउ परेका हुन् ।

उनीहरुमाथि जिल्ला अदालत, काठमाडौंबाट ७ दिन म्याद थप गरेर विस्तृत अनुसन्धान भइरहेको प्रवक्ता मैनालीले जानकारी दिनुभएको छ ।

टिप्पणीहरू