एउटा पत्रले भारत पूरै हल्लियो « Jana Aastha News Online
Logo
१५ जेष्ठ २०७९, आईतवार
|  Sun May 29 2022
Logo
१५ जेष्ठ २०७९, आईतवार
|  Sun May 29 2022

एउटा पत्रले भारत पूरै हल्लियो

प्रकाशित मिति :  ४ माघ २०७८, मंगलवार १६:१०


गणतन्त्र दिवस नजिकिँदै गर्दा भारतको राजधानी नयाँ दिल्ल्लीमा फेला परेको एउटा ‘पत्र’ ले भारतीय प्रहरीको निन्द्रा भंग गरेको छ । गाजीपुरमा भेटिएको पत्रको जिम्मा आतंकवादी संगठन लश्कर–ए–तोएवले लिएको भारतीय दाबी छ ।

लगतै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षा गल्तीबारे छानबिन गरिरहेका पूर्वन्यायाधीश इन्दु मल्होत्रालाई धम्की दिइएको खबर बाहिरिएको छ ।

गुप्तचर एजेन्सीको पछिल्लो जानकारीअनुसार गणतन्त्र दिवसमा सम्भावित आतंकवादी षड्यन्त्रको बारेमा पनि गोप्य सूचना आइपुगेको छ । जसले प्रधानमन्त्री मोदी र अन्य अतिथिहरूको सुरक्षामा खतरा हुन सक्ने आशंका गरिएको छ ।

नौ पृष्ठको पत्रको प्रतिलिपि भारतीय सञ्चार माध्यमहरुलाईसमेत उपलब्ध गराइएको छ । भारतले आगामी साता मनाउन लागेको ७५ औं गणतन्त्र दिवसको खुल्ला समारोहलाई आतंकवादी संगठनहरूबाट हुनक्ने खतराको संज्ञा दिइएको छ ।

दिवसमा मध्य–एसियाका पाँच देश कजाकिस्तान, किर्गिजस्तान, ताजिकिस्तान, तुर्कमेनिस्तान र उज्वेकिस्तानका नेताहरूलाई आमन्त्रित गरिएको छ । भारतीय सुरक्षा स्रोतले समारोहमाथि ड्रोन आक्रमणको प्रयास हुन सक्ने बताएको छ ।


प्रतिक्रिया दिनुहोस !