अभिनेत्री श्वेता पनि संक्रमित

अभिनेत्री श्वेता पनि संक्रमित

अभिनेत्री श्वेता खड्कालाई कोरोना संक्रमण पुष्टि भएको छ । केही दिनअघि सिन्धुपाल्चोक पुगेर फर्किएकी उनलाई कोरोना परीक्षण गर्दा संक्रमण देखिएको हो ।

श्वेताले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी गराउँदै आफूसँग सम्पर्कमा आएका सबैलाई सुरक्षित रहन सुचित गरेकी छन् ।

नेपाली फिल्म ‘कहाँ भेटिएला’ बाट अभिनय थालेकी उनले त्यसयता ‘कोहिनूर’, ‘कान्छी’ लगायतका फिल्ममा अभिनय गरेकी छन् ।

टिप्पणीहरू