ज्येष्ठ नागरिकलाई घरमै उपचार

ज्येष्ठ नागरिकलाई घरमै उपचार

बुटवल उपमहानगरपालिकाले ८० वर्ष माथिका ज्येष्ठ नागरिकलाई घरदैलोमै पुगेर स्वास्थ्य सेवा उपलब्ध गराउन थालेको छ । चौमासिक रूपमा घरमै पुगेर स्वास्थ्य चेकजाँच र निःशुल्क औषधि उपलव्ध गराउने स्थानीय तहमा बुटवल नै मुलुकमा पहिलो बनेको बताइएको छ ।

‘नगर प्रमुख जेष्ठ नागरिक घरदैलो निःशुल्क स्वास्थ्य परीक्षण’ अभियानमा थालिएको यो कार्यक्रमअन्तर्गत झण्डै १० हजार ज्येष्ठ नागरिकले सेवा लिएका छन् । कार्यक्रम कोभिड महामारी र स्वास्थ्य मापदण्डको पालना गर्दै अहिले पनि जारी छ ।

उपमहानगरपालिकाले गर्भवती तथा सुत्केरी महिलालाईसमेत घरमै पुगेर स्वास्थ्य सेवा प्रदान गर्न थालेको छ । पहिलो चरणमा सुत्केरीलाई घरमै पुगेर पोषण सामग्री र भत्ता प्रदान गरिन्छ ।

यस्तै, गर्भवतीलाई स्वास्थ्य संस्थामा आकर्षित गर्न क्याल्सियम चक्कीसहित पोषण सामग्री वितरण गरिएको छ । उक्त कार्यक्रमअन्तर्गत तीन हजार जना लाभान्वित भएका छन् ।

टिप्पणीहरू