सुदूर पश्चिममा पनि फरार अभियुक्त धमाधम समातिँदै « Jana Aastha News Online
Logo
१५ जेष्ठ २०७९, आईतवार
|  Sun May 29 2022
Logo
१५ जेष्ठ २०७९, आईतवार
|  Sun May 29 2022

सुदूर पश्चिममा पनि फरार अभियुक्त धमाधम समातिँदै

प्रकाशित मिति :  ४ माघ २०७८, मंगलवार १५:५०


विभिन्न मुद्दाका फरार अभियुक्तलाई प्रहरीले समात्न थालेको छ । अदालतको अन्तिम फैसलापछि फरार १२ जना अभियुक्तलाई प्रहरीले समातेको हो । प्रहरीको सक्रियतामा नौ दिनमा १२ जना अभियुक्तलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । फरार अभियुक्त पक्राउ गर्ने क्रम अझै पनि जारी रहेको प्रहरी नायव उपरीक्षक देवेन्द्र पालले बताउनुभयो ।

‘पक्राउ परिरहेका अभियुक्त अदालतले सजाए सुनाएपछि भागेर तराईका जिल्ला तथा भारतमा लुकेर बसेका थिए । अहिले लामो समयपछि घर फर्किएको खबर पायौं । त्यही मौका छोपेर प्रहरीको सक्रियता बढाएर समात्यौं,’ डीएसपी पालले भन्नुभयो ।

अदालतले कैद सजाय र जरिवाना फैसला सुनाएपछि धेरैजसो मुद्दाका आरोपित फरार हुने गरेका छन् । पक्राउ परेकामध्ये एक जनालाई एक महिना कैद, चार जनालाई ११ महिना नौ दिन कैद सजायका लागि कारागार पठाइएको छ । सात जनाबाट एक सयदेखि दुई लाख रुपैयाँसम्म जरिवाना असुल उपर गरी छोडिएको छ ।

१२ जनाबाट कुल १० लाख ८४ हजार जरिवाना संकलन भएको जिल्ला अदालत डडेल्धुराले बताएको छ । उनीहरुलाई पक्राउ गरी कैद तथा जरिवाना गराएपछि राज्य पक्षबाट अदालतको फैसला कार्यान्वयन भएको मानिन्छ ।


प्रतिक्रिया दिनुहोस !