रजनीकान्तकी छोरीले ‘डिभोर्स’ रोजिन्

रजनीकान्तकी छोरीले ‘डिभोर्स’ रोजिन्

साउथ सुपरस्टार धनुष र ऐश्वर्या रजनीकान्त विवाह भएको १८ वर्ष पुगेपछि छुट्टिने निर्णयमा पुगेका छन् । दुई छोरासमेत रहेका उनीहरुले एकाएक अलग्गिने निर्णय लिएका हुन् ।

दक्षिण भारतीय सुपरस्टारका शक्तिशाली जोडीका रुपमा परिचित ऐश्वर्याले पतिबाट अलग हुने निर्णय लिएको बताइएको छ । ऐश्वर्या सुपरस्टार रजनीकान्तकी छोरी हुन् । उनले पतिबाट अलग्गिने निर्णय किन लिइन् भन्ने बारे केही पनि बताइएको छैन ।
उनले पति धनुषसँग अलग्गिने जानकारी सामाजिक सञ्जाल मार्फत् दिएकी हुन् । श्रीमतीको निर्णयपछि धनुषले पनि सामाजिक सञ्जालबाटै अलग्गिने निर्णय सुनाएका छन् । तर उनले समर्थकहरुसँग आग्रह गरेका छन्, ‘आफूहरुको गोपनियताको सम्मान गरियोस् ।’

धनुष र ऐश्वर्याले सन् २००४ मा विवाह गरेका हुन् । विवाह हुँदा धनुष २१ वर्षका र ऐश्वर्या २३ वर्षकी थिइन् । दुवैको विवाह तमिल रीतिरिवाज अनुसार भएको थियो ।

टिप्पणीहरू