लमजुङ अस्पतालमा ज्वरो क्लिनिक

लमजुङ अस्पतालमा ज्वरो क्लिनिक

लमजुङ जिल्ला अस्पतालमा ज्वरो (फिभर) क्लिनिक सञ्चालन गरिएको छ । अस्पातल भर्ना हुन आएका बिरामीमा कोभिड–१९ को संक्रमणको सम्भावित जोखिम बढेकाले क्लिनिक सञ्चालन गरिएको हो ।

ज्वरो क्लिनिकबाट परीक्षण गरेर थप उपचार हुने गरेको अस्पतालका प्रशासकीय प्रमुख हेमन्त श्रेष्ठले बताउनुभयो । फिभर क्लिनिकसँगै अस्पतालमा कोभिड संक्रमितका लागि होल्डिङ सेन्टर र कोभिड वार्डको व्यवस्थापन गरिएको छ ।

आइसोलेसन कक्षसँगै कोभिड संक्रमितको उपचारका लागि आवश्यक जनशक्तिसमेत तयारी अवस्थामा राखिएको श्रेष्ठले जानकारी दिनुभयो ।

जिल्लामा हाल ६७ जना संक्रिय संक्रमित छन् । तीमध्ये दुई जना जिल्ला अस्पतालको आइसोलेसनमा र अन्य होम आइसोलेसनमा छन् । हिजो जिल्लामा एकैदिन ३५ जना संक्रमित थपिएका छन् ।

टिप्पणीहरू