क्यानाडाले ओमिक्रोन पठाएको चीनको आरोप

क्यानाडाले ओमिक्रोन पठाएको चीनको आरोप

चिनियाँ सञ्चारमाध्यमले कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन फैलिएको विषयमा रोचक प्रसंग बाहिर ल्याएका छन् । चीनको राजधानी बेइजिङमा देखिएको ओमिक्रोन भेरिएन्ट क्यानाडाबाट पठाइएको हुलाकी पत्रबाट प्रवेश गरेको हुनसक्ने चिनियाँ सञ्चारमाध्यमहरुले अनुमान गरेका हुन् ।

गत शनिबार बेइजिङमा एक जनामा संक्रमण देखिएको थियो । संक्रमितको आवासीय कम्पाउण्ड र कार्यक्षेत्र सिल गरिएको छ । बेइजिङको रोग उन्मुलन तथा नियन्त्रण केन्द्रका उपनिर्देशक पाङ सिङहुओले संक्रमितले ७ जनवरीका दिन क्यानाडाबाट एउटा पत्र प्राप्त गरेको बताएकी छन् ।

क्यानाडाबाट संक्रमित पुरुषले पठाएको ‘पोस्ट’ बाट संक्रमण फैलिएको चिनियाँ स्वास्थ्य अधिकारीहरुले आशंका गरेका छन् । क्यानाडाबाट आएको मेल सम्पर्कमा रहेका सबै कर्मचारीलाई अहिले क्वारेन्टिनमा राखिएको छ । उनीहरुमध्ये आठ जनाको परीक्षण नेगेटिभ आएको छ ।

टिप्पणीहरू