बसबाट खसेका कृष्ण ठहरै

बसबाट खसेका कृष्ण ठहरै

उदयपुरमा गुडिरहेको बसबाट खसेर एक जना यात्रुको मृत्यु भएको छ । मृतक उदयपुरगढी गाउँपालिका ५ का ५० वर्षीय कृष्णबहादुर राई हुन् ।

उदयपुरगढीबाट गाईघाटतर्फ आउँदै गरेको ना. ३ ख ६९४४ नम्बरको बसबाट खसेर राईको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

प्रहरीका अनुसार गुडिरहेको बसबाट खसेका राईलाई बसको पछाडिको टायरले किचेको थियो । बस चालक रौतामाई गाउँपालिका ७ का राजन राउतलाई नियन्त्रणमा लिइएको छ ।

टिप्पणीहरू