बालुवाटारको बैठक सकियो, स्थानीय तहको चुनाव गराउन ‘ग्रीन सिग्नल’

बालुवाटारको बैठक सकियो, स्थानीय तहको चुनाव गराउन ‘ग्रीन सिग्नल’

सत्तारुढ गठबन्धन दलका नेताहरु स्थानीय तहको निर्वाचन तोकिएको समयमा गर्न सहमत भएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकमा सहभागी नेताहरू संविधानअनुसार समयमै स्थानीय चुनाव गर्नुपर्नेमा सहमत भएका हुन् ।

बैठकमा स्थानीय तहको निर्वाचनको विषयमा छलफल भएको थियो । छलफलपछि सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले निर्वाचन समयमै सम्पन्न गर्न आफूहरु सहमत भएको जानकारी दिनुभएको छ । यस विषयमा थप गृहकार्य गरेर बिहीबार फेरि बैठक बस्ने उहाँले बताउनुभयो ।

टिप्पणीहरू