खोप अभावपछि बुस्टर डोज अभियान रोकियो

अस्तिदेखि थालिएको बुस्टर डोज अभियान बैतडीमा स्थगित भएको छ । खोप अभावपछि बैतडीमा बुस्टर डोज अभियान स्थगित गरिएको हो ।

खोप अभाव भएकाले बुस्टर डोज अभियान सञ्चालन गर्न नसकिएको स्वास्थ्य कार्यालय, बैतडीले जानकारी गराएको छ । आवश्यक खोप माग गरिएको र प्राप्त हुने बित्तिकै बुस्टर डोज लगाइने बताइएको छ ।

सरकारले अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाईकर्मी, पत्रकार र ज्येष्ठ नागरिकलाई बुस्टर डोज लगाउने अभियान अस्तिदेखि सञ्चालन गरेको हो ।

कोरोनाविरुद्धको पूर्णखोप लगाएको छ महिना पूरा भएका लक्षित समूहका नागरिकलाई बुस्टर डोज दिइने उल्लेख छ । बैतडीमा हालसम्म एक लाख जनाले पूर्ण खोप पाएका छन् ।

टिप्पणीहरू