सर्वोच्चमा कोरोना आतंक,दिउँसो सबै श्रीमान सामेल

सर्वोच्चमा कोरोना आतंक,दिउँसो सबै श्रीमान सामेल

प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणाले आज सर्वोच्चमा न्यायाधीशहरुको पूर्ण बैठक (फुल कोर्ट) डाक्नुभएको छ । राणाले दिउँसो साढे १ बजे फुलकोर्ट राख्नुभएको हो ।

प्रधानन्यायाधीश र अन्य न्यायाधीशबीचको तिक्तता कायम रहेका कारण एकथरिले आजको पूर्ण बैठकमा प्रधानन्यायाधीश राणा अनुपस्थित हुने टिप्पणी गरेका छन् । तर राणा निकटस्थका अनुसार यस्तो बेला छोइछिटोको सम्भावना कम छ ।

प्रधानन्यायाधीश निकट स्रोत भन्छ, ‘उनीहरु दुनिँयाथरि कुरा गर्छन् । प्रधानन्यायाधीश विनाको फुल कोर्ट हुन्छ र ?’ प्रधानन्यायाधीश राणासहित दिउँसो सर्वोच्चका न्यायाधीशहरुको पूर्ण बैठक बस्न लागेको उनले पनि पुष्टि गरेका छन् ।

मुलुकमा कोरोनाको तेस्रो लहर ओमिक्रोन भेरिएन्ट तीव्र भएको, कोभिडका कारण अदालतका श्रीमानदेखि कर्मचारीसम्म संक्रमित हुने सिलसिला बढ्दै गएपछि ‘आवश्यक निर्णय’ गर्न पूर्ण बैठक डाकिएको हो ।

आजको बैठकले कोभिडका अघिल्ला लहर र लकडाउनमा सर्वोच्चले गरेका निर्णयलाई पुनर्विचार गर्दै अदालतको मौलिक हक र बन्दीप्रत्यक्षीकरण बाहेकका अन्य मुद्दा नहेर्ने निर्णय गर्न सक्ने अदालत प्रशासनले संकेत गरेको छ ।

टिप्पणीहरू