टोंगामा भीषण सुनामी, जनधनको ठूलो क्षतिको आशंका

टोंगामा भीषण सुनामी, जनधनको ठूलो क्षतिको आशंका

प्रशान्त महासागरस्थित ससाना टापु मिलेर बनेको मुलुक टोंगामा ठूलो सुनामी आएको छ । अस्ति राजधानी नुकुआलोफादेखि ६५ किलोमिटर उत्तरमा भएको ज्वालामुखी विस्फोटपछि सुनामी आएको हो ।

ज्वालामुखी विष्फोटपछि समुन्द्र सतह एक देखि दुई मिटरसम्म माथि उठेको थियो । लगत्तै तटीय क्षेत्रमा व्यापक जनधनको क्षति भएको अनुमान छ ।

टोंगासँगको सम्पूर्ण सञ्चार सम्बन्ध विच्छेद भएको छ । छिमेकका न्युजील्याण्ड र अष्ट्रेलियाले परिस्थितिको अवलोकन गरेर आवश्यक सावधानी अपनाएको बीबीसीले जनाएको छ ।

टिप्पणीहरू