कोरोनाले यातायात कार्यालय चार दिन बन्द

कोरोनाले यातायात कार्यालय चार दिन बन्द

बुटवल यातायात कार्यालय चार दिनका लागि बन्द हुने भएको छ । कार्यालयमा कार्यरत केही कर्मचारीहरुमा कोरोना भएकाले भोलिदेखि ७ माघसम्मका लागि कार्यालय बन्द गरिएको हो ।

कोरोनाको जोखिम बढेपछि कार्यालयबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सबै सेवा ७ गतेसम्मका लागि बन्द गरिएको कार्यालय प्रमुख रमेश गौतमले जानकारी दिए ।

७ माघसम्मका लागि सबै प्रकारका सवारीको नामसारी कार्य रोकिएको र अत्यावश्यक सेवाहरु आंशिक मात्र सञ्चालन हुने गौतमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

टिप्पणीहरू