स्वास्थ्यकर्मीको आत्मबल बढाउन १३ बुँदे माग

स्वास्थ्यकर्मीको आत्मबल बढाउन १३ बुँदे माग

कोरोनाको समयमा खटिएका स्वास्थ्यकर्मीको आत्मबल बढाउन राष्ट्रिय स्वास्थ्यकर्मी संघले १३ बुँदे माग तेर्साएको छ । नेपाल सरकारसामु पेश गरिएका ती माग महामारीको सामनामा आवश्यक सहयोग पुर्याएका स्वास्थ्यकर्मीको मनोबल बढाउनको लागि भएको दाबी गरिएको छ ।

कोभिड १९ को महामारीमा खटिएका स्वास्थ्यकर्मीले हालसम्म पनि जोखिमभत्ता नपाएको उनीहरुको ठहर छ । साथै, संघले माग माग जतिसक्दो छिटो पूरा गर्न आग्रह गरेको छ । अन्य मागमा अस्पताल र स्वास्थ्य संस्थामा काम गरेका बखत संक्रमित भएका स्वास्थ्यकर्मीहरुका लागि व्यवस्थित आइसोलेसनको व्यवस्था गर्नुपर्ने, उनीहरुको निःशुल्क औषधि उपचारको व्यवस्था गर्नुपर्ने र बीमाको व्यवस्था गर्नुपर्ने भनिएको छ ।

साथै, स्वास्थ्यकर्मीहरुलाई पर्याप्त स्वास्थ्य सुरक्षा व्यवस्था र निःशुल्क पिसीआर, स्वयंसेवक र सुरक्षाकर्मी परिचालन गरि भीड नियन्त्रण, स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाहरुमा हुने भीडभाड, तोडफोड र हातपात गर्नेहरुलाई तुरुन्तै कारवाहीसँगै क्षतिपूर्तिको व्यवस्था, करार स्वास्थ्यकर्मीहरुको म्याद थप गर्नुपर्ने माग राखिएको छ ।

टिप्पणीहरू