सबैभन्दा धेरै बिकेपछि किन चर्चा नगर्ने ?

सबैभन्दा धेरै बिकेपछि किन चर्चा नगर्ने ?

सामान्यतया मद्यपान र धुमपान स्वास्थ्यको लागि हानिकारक मानिन्छ । यति हुँदाहुँदै पनि विश्वका अधिकांश मुलुकको राजश्व आम्दानीको गतिलो स्रोत मद्यपान र धुमपानका वस्तुको उत्पादन र बिक्री हो । हाम्रो मुलुक पनि उक्त विषयमा अछुतो छैन ।

यही सन्दर्भमा नेपालको प्रिमियम रम ब्राण्ड ‘खुकुरी’ ले आफ्नो नयाँ उत्पादन बजारमा ल्याएको छ । नयाँ उत्पादन ‘खुकुरी स्पाइस्ड रम’ हो ।

६० वर्षदेखि नेपाल डिस्टिलरिजले ‘खुकुरी ट्रिपल एक्स नामको रम’ नेपाल र अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्दै आएको छ । रमका पारखीहरुले ‘खुकुरी ट्रिपल एक्स रम’ मा विभिन्न मसलाजन्य पदार्थको मिश्रण गरी त्यसलाई स्पाइस्ड र रम पन्च बनाएर पिउने गरेका थिए । ग्राहकहरुको सोही चाहनालाई ध्यानमा राखी खुकुरीले उत्कृष्ट सम्मिश्रणबाट तयार ‘खुकुरी स्पाइस्ड रम’ बजारमा ल्याएको दाबी गरेको छ ।

यसअघिका वर्षमा जापान र कोरियामा ‘खुकुरी स्पाइस्ड रम’ निर्यात हुने गरेको थियो । त्यहाँ निकै रुचाइएको गुणस्तरीय उत्पादन नै अहिले नेपाली बजारमा ल्याइएको जानकारी दिइएको छ ।

डिस्टीलरिजका महाप्रबन्धक सुभाष लामिछानेले यो प्रिमियम क्याटेगोरीको विशेष उत्पादन भएकाले स्वाद र गुणस्तरमासमेत विशेष रहेको दाबी गरेका छन् ।

मुलुकको आन्तरिक बजारमा मात्र नभई विश्वका विभिन्न मुलुकमा निर्यात गरेर विदेशी मुद्रा आर्जन गर्न सफल पछिल्लो उत्पादनले अन्तर्राष्ट्रिय जगतमा मुलुककै पहिचान अभिबृध्दि गरेको कम्पनीको दाबी छ ।

टिप्पणीहरू