बतासलाई धर्मशालाबाट निकालिने

बतासलाई धर्मशालाबाट निकालिने

नारायणहिटी दरबार संग्रालय प्रकरणपछि विवाद र चर्चामा रहेको बतास समूहलाई पशुपति क्षेत्रभित्रको धर्मशाला सञ्चालनमा रोक लगाउनुपर्ने सरकारी समितिले निश्कर्ष निकालेको छ । धर्मशाला सञ्चालनका लागि सरकारले बताससँग गरेको सम्झौता खारेज गर्न समितिले सुझाव दिएको हो ।

पशुपतिनाथको दर्शनका लागि आउने तीर्थयात्रीका लागि लक्षित भारत सरकारको सहयोगमा निर्माण गरिएको सस्तो र सर्वसुलभ धर्मशाला महँगो होटलको रुपमा सञ्चालन गरेको भन्दै आलोचना भएपछि सरकारले छानबिन समिति गठन गरेको थियो । सोही समितिले आज आफ्नो प्रतिवेदन बुझाउँदै बताससँग धर्मशाला सञ्चालनका लागि गरिएको सम्झौता खारेज गर्न सिफारिस गरेको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले हिजो आफैँ धर्मशालाको निरीक्षणमा जानुुभएको थियो । सोक्रममा उहाँले त्यहाँ सञ्चालित होटल र शुल्क देखेर आफू अचम्भित भएको बताउनुभएको थियो ।

टिप्पणीहरू