मह मानिसलाई, मौरी चरालाई

मह मानिसलाई, मौरी चरालाई

मोयुंगी वेटल्याण्ड तथा वन्यजन्तु आरक्षण म्यानमारको एउटा प्रकृति संरक्षण क्षेत्र हो । राजधानी याङ्गुनबाट दुई घण्टाको दूरीमा रहेको उक्त रमणीय सीमसार क्षेत्र जलाशय स्थानीय र प्रवासी जलपंक्षीहरूको उपयुक्त वन्यजन्तु आश्रयस्थल पनि हो ।

जहाँ कटुस टाउके मुरलीचरा पनि प्रशस्त देखिन्छ । चिनियाँ समाचार संस्था सिन्ह्वाको तस्बिरमा ती चरा देखिएका छन् । कटुस टाउके मुरलीचरालाई अंग्रजीमा चेस्टनट हेडेड बी इटर्स भनिन्छ । नामले संकेत गरेजस्तै, यी चराले मुख्यतयाः किराहरू खान्छन् । पाएसम्म मौरी खानु यिनको विशेषता नै हो ।

टिप्पणीहरू