कोरोना संक्रमण तीव्र, धेरै संक्रमित उपत्यकामा

कोरोना संक्रमण तीव्र, धेरै संक्रमित उपत्यकामा

कोरोना संक्रमणको रफ्तार बढेको छ । दिनहुँ बढेको रफ्तार आज सात हजारको नजिक पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मुलुकभर छ हजार सात सय ३४ जना कोरोना संक्रमित भेटिएका छन् । १७ हजार चार सय ६५ जनामा नमूना परीक्षण गर्दा उक्त संख्या भेटिएको हो ।

तीमध्ये काठमाडौंमा मात्रै दुई हजार नौ सय ४३ जना छन् । भक्तपुरमा दुई सय एक र ललितपुरमा सात सय ९५ जना संक्रमित थपिएका छन् ।

यो अवधिमा पाँच सय ४७ जना संक्रमणमुक्त भएका छन् । हाल मुलुकभर कोरोना संक्रमण निको हुने दर ९५ दशमलव १ प्रतिशत रहेको छ । योसँगै मुलुकभर ३० हजार आठ सय ७७ जना सक्रिय संक्रमित छन् ।

कोरोनाबाट आजसम्म मृत्यु हुनेको संख्या ११ हजार छ सय २३ पुगेको मन्त्रालयले जनाएको छ । आज कोरोनाको कारण तीन जनाले ज्यान गुमाएका छन् ।

गत २४ घण्टामा थपिएका संक्रमितमध्ये नौ सय ९७ जना युवायुवती छन् भने तीन सय ७९ जना किशोरकिशोरी हुन् । त्यस्तै, ११ वर्ष मुनिका ८७ जना संक्रमित थपिएका छन् । दुई सय ४९ जना वृद्धवृद्धामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौंमा सक्रिय संक्रमितको संख्या १३ हजार नौ सय ८६ पुगेको छ । भक्तपुरमा एक हजार छ सय ४८ र ललितपुरमा तीन हजार पाँच सय ५५ जना संक्रमित छन् ।

टिप्पणीहरू