कोरोना बढेपछि सन्धिखर्क नगरपालिका बन्द

कोरोना बढेपछि सन्धिखर्क नगरपालिका बन्द

नगर प्रमुख कमलप्रसाद भुसालसहित केही कर्मचारीलाई कोरोना संक्रमण भएपछि सन्धिखर्क नगरपालिकाले सेवा बन्द गरेको छ ।

संक्रमण थप फैलन नदिन भन्दै नगरपालिकाले भोलिदेखि शुक्रबारसम्म अत्यावश्यक बाहेकका सेवा बन्द गरेको हो । प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले आज जारी गरेको सूचनामा नगरपालिका कार्यालयको बैठकले सेवा शुक्रबारसम्म बन्द गर्ने निर्णय गरेको उल्लेख छ । कार्यालयका ५७ जना कर्मचारीमा गरिएको एन्टिजेन परीक्षणमा १५ जनामा संक्रमण पुष्टि भएको छ ।

नगरपालिकाको स्वास्थ्य सेवा जारी रहे पनि अन्य सेवा माघ ७ गतेसम्म बन्द गरिएको छ । ‘कार्यालयमा गरिएको परीक्षणमा १५ जनामा संक्रमण पुष्टि भएको छ,’ स्वास्थ्य शाखा प्रमुख पराजुलीले भने, ‘नगर प्रमुखमा पनि संक्रमण भएको भन्ने सुनिएको छ, सम्भवतः बाहिर परीक्षण गर्नुभएको होला ।’

टिप्पणीहरू