कस्तुरी वीना बोक्नेलाई प्रहरीले समात्यो

कस्तुरी वीना बोक्नेलाई प्रहरीले समात्यो

कस्तुरीको वीना बोकेर हिँडेकालाई प्रहरीले समातेको छ । जाजरकोटको नलगाड–११ चौखाबजारबाट प्रहरीले वीनासहित एक जना पुरुषलाई पक्रेको हो ।

पक्राउ पर्नेमा नलगाड नगरपालिका १० निवासी ४५ वर्षका डिल्लीबहादुर ध्यार हुन् । जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार ध्यारलाई वहुमूल्य वन्यजन्तु कस्तुरीमृगको वीनासहित समातेको हो ।

उनले कस्तुरीको वीना साथमा लिएर हिँडिरहेको भन्ने सुराकीको आधारमा प्रहरी निरीक्षक अर्जुनसिंह साउदको कमाण्डमा खटिएको टोलीले पक्रेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

पक्राउ परेका डिल्लीबहादुरले ३० ग्राम तौल भएको वीना बोकेर हिँडेको प्रहरीको दाबी छ । हाल उनलाई आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय जाजरकोट पठाइएको छ ।

टिप्पणीहरू