ललितपुरका पत्रकारलाई ‘बुस्टर डोज’ भोलि

ललितपुरका पत्रकारलाई ‘बुस्टर डोज’ भोलि

नेपाल पत्रकार महासंघ ललितपुरका सदस्यलाई भोलिदेखि बुस्टर डोज दिइने भएको छ । ललितपुर शाखामा आबद्ध सदस्यलाई भोलिदेखि कोरोनाविरुद्ध बुस्टर खोप लगाउने जानकारी दिइएको छ ।

पुल्चोकस्थित नेपाल परिवार नियोजन संघको केन्द्रीय कार्यालयमा भोलि बिहान ९ बजेदेखि खोप लगाउन थालिने बताइएको छ ।

खोप लगाउन आउनेलाई महासंघले जारी गरेको परिचयपत्रका साथै यसअघि दोस्रो मात्राको खोप लगाएको कार्ड अनिवार्य साथमा लिएर आउन सबै सदस्यमा अनुरोध गरिएको छ ।

टिप्पणीहरू