चीनको चामल सिरियामा

चीनको चामल सिरियामा

‘सिरियाली जनताको भोक कम गर्न’ भन्दै चीन सरकारले सिरियालाई चार हजार टन चामल सहयोग गरेको छ । मानवीय सहायतास्वरुप चीनले पठाएको चामल हिजो सिरिया पुगेको छ ।

सिरियाका लागि चिनियाँ राजदूतले सिरियाली रेडक्रसका प्रमुख खालेद हबुबातीसँग दमास्कसमा उक्त खाद्यान्न हस्तान्तरण गर्नुभएको हो ।

सिरियामा पछिल्लो समयको द्वन्द्व तथा खडेरीका कारण चरम खाद्य संकट छ । उक्त संकट न्यूनीकरण गर्न चीनले यसअघि पनि सिरियालाई खाद्यान्न सहयोग गर्दै आएको थियो ।

संकटको समयमा चीनले गरेको उक्त सहयोग अमूल्य रहेको सिरियाली अधिकारीहरुले बताएका छन् ।

टिप्पणीहरू