मापदण्ड मिच्ने चार होटल सीसीएमससीको सूचीबाट हटे

मापदण्ड मिच्ने चार होटल सीसीएमससीको सूचीबाट हटे

कोरोना नियन्त्रण तथा रोकथामका लागि कोभिड संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)ले विदेशबाट आउनेलाई अनिवार्य होटल क्वारेन्टिनमा बस्न आदेश दिएको छ ।

होटल क्वारेन्टिनमा बस्दा कोरोना संक्रमित भएपनि अरुमा सर्न नपाउने भएकाले सीसीएमसीसीले विदेशबाट आउने सबैलाई क्वारेन्टिनमा बस्न आदेश दिएको हो ।

यसअघि अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने पुरानो नियम हटाइएकोमा पछिल्लो समय कोरोना संक्रमण बढ्न थालेपछि सीसीएमसीले पुन: यस्तो आदेश दिएको हो ।

तर, सीसीएमसीसीबाट भएको अनुगमनमा केही होटलले क्वारेन्टाइन मापदण्ड उल्लङ्घन गरेको पाइएपछि त्यस्ता होटललाई क्वारेन्टाइनको सूचीबाट हटाएको छ ।

शिवम होटल प्लाजा प्रा.लि.पिङ्गलास्थान, होटल बागमती, होटल पिल्ग्रिम्स ठमेल र होटल गौरी एयरपोर्टले मापदण्ड उल्लघंन गरेको सीसीएमसीले जनाएको छ ।

हाल ती होटलहरूलाई क्वारेन्टाइन सूचिकरणबाट हटाइएकोले क्वारेन्टाइन बुकिङ्ग नगर्न/नगराउन सीसीएमससीले सम्बन्धितलाई सूचित गरेको छ ।

टिप्पणीहरू