कोरोनाले छोड्नेबित्तिक्कै प्रचण्ड बालुवाटारमा

कोरोनाले छोड्नेबित्तिक्कै प्रचण्ड बालुवाटारमा

कोरोना संक्रमणबाट मुक्त भएलगत्तै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक भेटघाट थाल्नुभएको छ ।

कोरोना लागेपछि केही दिनयता सबै प्रकारका भेटघाट बन्द गर्नुभएका प्रचण्ड संक्रमणमुक्त भएलगत्तै पुन: सक्रिय हुनुभएको हो । आजै उहाँले प्रधानमन्त्री शेरबहादुर देउवासंग भेट गर्नुभएको छ । बालुवाटारमा उहाँले प्रधानमन्त्रीसँग छलफल गर्नुभएको हो ।

राष्ट्रियसभा निर्वाचन,स्थानीय तहको चुनावको मिति घोषणालगायत समसामयिक राजनीतिका विषयमा उहाँहरुबीच छलफल भएको बताइएकाे छ । ​

प्रचण्ड हिजोमात्रै कोरोना संक्रमणमुक्त हुनुभएको थियो ।

टिप्पणीहरू