१४ वर्षीय बालिका गर्भवती, शिक्षक समातिए

१४ वर्षीय बालिका गर्भवती, शिक्षक समातिए

बालिका बलात्कार गरेर गर्भवती बनाएको आरोपमा खोटाङका एक जना शिक्षक समातिएका छन् । १४ वर्षीया बालिकालाई बलात्कार गरेर गर्भवती बनाएको आरोपमा रावाबेँसी गाउँपालिका–२ खार्पाका ३१ वर्षीय किशोर पोखरेल समातिएका हुन् ।

भाषा आधारभूत विद्यालय खार्पामा कार्यरत पोखरेललाई उदयपुरको इलाका प्रहरी कार्यालय, रामपुर ठोक्सिलाले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय खोटाङलाई बुझाएको जनाइएको छ ।

९ भदौयता पटक–पटक बालिकालाई बलात्कार गरेको उजुरीको आधारमा प्रहरीले उनलाई समातेको हो । छोरीलाई बलात्कार गरेको भन्दै पीडितका बुवाले गत बिहीबार उजुरी दिएपछि आरोपित शिक्षकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, खोटाङका प्रहरी निरीक्षक सागर शाहले बताए ।

स्वास्थ्य परीक्षणका क्रममा पीडित बालिका २० हप्ताको गर्भवती रहेको खुलेको आफन्तले बताएका छन् । हिजो जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेर हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक शाहले बताए ।

टिप्पणीहरू