पर्यटन मन्त्री आलेलाई पनि कोरोनाले समात्यो

पर्यटन मन्त्री आलेलाई पनि कोरोनाले समात्यो

पछिल्लो समय चर्चामा रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेलाई कोरोना लागेको छ । आज बिहान एन्टिजेन्ट परीक्षण गर्दा उहाँलाई कोरोना संक्रमण देखिएको हो ।

मन्त्री आलेलाई कोरोना संक्रमण पुष्टी भएसँगै आजका लागि निर्धारित कार्यक्रमहरू स्थगित गरिएको उहाँको निजी सचिवालय जनाएको छ ।

हिजो मात्रै मन्त्री आलेले पशुपतिधर्मशाला र नारायणहिटी दरबारको अवलोकन गर्नुभएको थियो । उहाँकै निर्देशनमा नारायणहिटी दरबार संग्रालयभित्र रेष्टुरेन्ट खोल्न बतास समूहले बनाएको भौतिक संरचना हटाइएको थियो ।

अघिल्लो सरकारले धार्मिक तथा पुरातात्विक क्षेत्रभित्र नीजि व्यवसाय संचालनको अनुमति दिएको तथ्या बाहिर ल्याएर मन्त्री आले अहिले चर्चामा हुनुहुन्छ ।

टिप्पणीहरू