प्रधानमन्त्री कार्यालयका ३ सचिव र ४० कर्मचारी संक्रमित

प्रधानमन्त्री कार्यालयका ३ सचिव र ४० कर्मचारी संक्रमित

मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार कोरोना महामारीको चपेटामा परेको छ । चार सचिवसहित एक सयभन्दा बढी कर्मचारीलाई कोरोना संक्रमण भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका तीन जना सचिवलाई कोरोना भएको छ । सचिवहरू शिशिरकुमार ढुंगाना,रामप्रसाद थपलिया र कृष्णबहादुर रावतलाई कोरोना संक्रमण भएको हो ।

त्यस्तै,उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेशकुमार भट्टराईलाई पनि संक्रमण पुष्टि भएको छ । संक्रमित सचिवहरू सबै होम आइसोलेसनमा छन् ।

सिंहदरबारमा संक्रमण पुष्टि भएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको टिमले पिसिआर परीक्षण गरेको छ । प्रधानमन्त्री कार्यालयका मात्र ४० जना कर्मचारीलाई कोरोना पुष्टि भएको छ । तर,सिंहदरबारभित्र कति कर्मचारी संक्रमित भए भन्ने एकीकृत तथ्याङ्क भने छैन ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीका अनुसार कोरोना संक्रमण भएका कर्मचारीलाई कोभिड काज (बिदा) दिने गरिएको छ । यस्तो बिदा बढीमा १४ दिन सम्मको हुन्छ ।

टिप्पणीहरू