पोर्चुगलमा नेकपा एकीकृत समाजवादीको संगठन

पोर्चुगलमा नेकपा एकीकृत समाजवादीको संगठन

-सुधिर अर्याल,लिस्बन

पोर्चुगलमा अर्को एउटा वामपन्थी दल निकट प्रवास संगठनको निर्माण भएको छ । माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट प्रवासी नेपाली एकता मञ्च पोर्चुगलको कार्यसमिति गठन भएको हो ।

हिजो गठित २१ सदस्यीय मञ्चको अध्यक्षमा प्रवासी नेपाली मञ्च तथा एनआरएनए पोर्चुगलका पूर्वमहासचिव निराजन सुवेदी चयन भएका छन् । यसैगरी उपाध्यक्षमा मनमोहन पासवान र गणेश बुढालाई निर्वाचित गरिएको छ ।

भेलाले महासचिवमा ओम घर्ती, सचिवमा विनय खनाल,निर्माण गुरुङ र कोषाध्यक्षमा विनोद कार्कीलाई सर्वसम्मत छनौट गरेको हो । १४ जना सदस्यमा रक्षा पुन,सुशील अधिकारी, बाबुलाल कुमाल, चयनकुमार पुन, सुरेन्द्र राई, अमर गुरुङ, अनिता थापा, रोमन बुढा, जुनकुमारी बुढा, सरस्वती गुरुङ, मानबहादुर तामाङ, थमन थापामगर, तेजकुमारी पुन, डिबी गुरुङ रहेका छन् ।

टिप्पणीहरू