भोलि विप्लवका मान्छे वैद्यतिर जाने

भोलि विप्लवका मान्छे वैद्यतिर जाने

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केही कार्यकर्ता मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीमा समाहित हुने भएका छन् । क्रान्तिकारी माओवादीको कार्यालय कुपण्डोलमा आयोजना हुने ‘पुनर्मिलन कार्यक्रम’ मा विप्लवका कार्यकर्ता वैद्य नेतृत्वको पार्टीमा लाग्ने भएका हुन् ।

क्रान्तिकारी माओवादीले सूचना जारी गर्दै उक्त कार्यक्रममा आफ्नो कमाण्डअन्तर्गतका पार्टी सदस्यसम्मका सहभागी गराउन काठमाडौं जिल्लामा कार्यरत प्रदेश र जिल्ला सदस्यहरुलाई आग्रह गरेको छ ।

तत्कालीन नेकपा (माओवादी) बाट विद्रोह गरेर २०६९ सालमा गठन भएको नेकपा–माओवादी हुँदै क्रान्तिकारी माओवादीको नेतृत्व वैद्यले गरेका छन् । नेकपा–माओवादीबाट बाहिरिएकाहरु विप्लवको नेतृत्वमा नेकपामा आबद्ध छन् । पछिल्लो समय पूर्वमाओवादीबीचको एकताको चर्चा भइरहेका बेला वैद्यले प्रचण्ड नेतृत्वको माओवादी केन्द्र र विप्लवको नेकपासँग एकता नहुने सार्वजनिक घोषणा गरेका थिए ।

टिप्पणीहरू