‘पत्रकार’ एन्जिनाले ठाउँ ठाउँमा यसरी ठगेकी रहिछन् (अडियो र अदालतको आदेशसहित)

‘पत्रकार’ एन्जिनाले ठाउँ ठाउँमा यसरी ठगेकी रहिछन् (अडियो र अदालतको आदेशसहित)

ठगी आरोपमा गत मंसिर २७ गते पक्राउ परेर साढे १३ लाख रुपैयाँ धरौटीमा २९ दिनको हिरासतवासबाट महिला न्यायाधीश गीता श्रेष्ठको आदेशबमोजिम छुटेकी भारतीय टेलिभिजन च्यानल जी न्यूजकी पूर्व नेपाल संवाददाता एन्जिना कार्कीले कसरी रकम असुलेकी थिइन् भन्ने टेलिफोन वार्तालाप प्राप्त भएको छ ।

बसन्तपुरको होटलबाट रंगेहात पक्राउ परेर छुटेकी कार्कीले गत बुधबार पत्रकार सम्मेलन गर्दै आफूलाई हिरासतमा रहँदा यौन दुर्व्यवहार भएको आरोपसमेत लगाएकी थिइन् ।

प्रहरीको कडा सुरक्षा घेरामा यौटी गन्यमान्य महिलामाथि कसले यौन दुर्व्यवहार गर्न सक्छ ? बाहिरको मानिसले हिरासतमा पस्न पाउन्न,त्यसो हो भने के प्रहरीले नै उनीमाथि बदनियत राखे होलान् त ! यो पनि प्रष्ट छैन ।

अदालतको नतिजा आफ्नो पक्षमा आउने उल्लेख गरेकी उनले ठगी मुद्दामा अरुलाई पनि छानबिन गरिनुपर्ने दाबी गरेकी थिइन् ।

उनले राती राती विभिन्न सन्दर्भमा गरेको टेलिफोन वार्ता साथै काठमाडौं जिल्ला अदालतले उनीविरुध्दको मुद्दामा या त साढे तेह्र लाख धरौटी लिन अन्यथा जेल पठाउन दिएको आदेश यस्तो छ:-

टिप्पणीहरू