खाटमुनि कोइला बालेर सुतेका सबै बिते

खाटमुनि कोइला बालेर सुतेका सबै बिते

चिसो मौसममा झ्यालढोका बन्द सुतेका चार जना मृत अवस्थामा फेला परे । कोठा न्यानो बनाउन झ्याल ढोका बन्द गरी कोइला बालेर सुतेका तीन बालकसहित चार जनाको मृत्यु भएको हो ।

गत शुक्रबार राति कोइला बालेर सुतेका उनीहरु हिजो दिउँसो ४ बजे सुतिरहेकै स्थानमा मृत फेला परेका हुन् । मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका १०, बुँदबुँदीका ३० वर्षीया कल्पना बुढा उनका ९ वर्षीय जेठो छोरा निरज बुढा, ७ वर्षीय कान्छो छोरा चिरञ्जीवी बुढा र भदा नाता पर्ने पाँच वर्षका सोमराज बुढा रहेको बताइएको छ ।

बुढाले आफू सुत्ने खाटमुनि न्यानोका लागि कोइला बालेर सुतेको प्रहरीको भनाइ छ । मृतक चारै जनालाई ७७ वर्षीय ससुरा वीरबहादुर बुढाले शनिबार साँझ ४ बजेसम्म नदेखेपछि खोजी गर्ने क्रममा सुतेको कोठाभित्र मृत फेला पारेका थिए ।

मृतक चारै जनाको शवलाई आज बिहान पोष्टमर्टमका लागि प्रदेश अस्पताल कालागाउँ सुर्खेत लगिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले बताएको छ । प्रहरीले उनीहरुको निसास्एिर मृत्यु भएको हुनसक्ने प्रारम्भिक अनुमान गरेको छ ।

टिप्पणीहरू