लागुऔषध कारोबार गर्ने १० जनाको समूह गिरफ्तार

लागुऔषध कारोबार गर्ने १० जनाको समूह गिरफ्तार

लागुऔषध कारोबार गर्ने दश जनालाई प्रहरीले समातेको छ । सुर्खेतको वीरेन्द्रनगरमा लागुऔषध कारोबार गरेको आरोपमा उनीहरुलाई प्रहरीले स्थानीय होटल बुलबुले भ्युबाट पक्रेको हो ।

होटलमा लागुऔषध कारोबार भई रहेको विशेष सुराकीको आधारमा प्रहरीले उनीहरूलाइ पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार पक्राउ पर्नेहरुमा वीरेन्द्रनगर–३ का ३० वर्षीय सुमन खत्री, २२ वर्षीय कमल डाँगी, सोही नगरपालिका १ का २५ वर्षीय युवराज ढकाल, ४ का २३ वर्षीय रञ्जित खड्का, २४ वर्षीय सुजन शर्मा हुन् ।

यस्तै कारोबारमा संलग्न रहेको भन्दै दैलेख नारायण नगरपालिका–८ का २३ वर्षीय दिपक थापा, सोही नगरपालिका ११ का २९ वर्षीय सागर चन्द, २३ वर्षीय क्षितिज शाही, डुंगेश्वर गाउँपालिका–१ का २४ वर्षीय डम्बर खड्का र कालिकोट महावै गाउँपालिका–३ का २२ वर्षीय जीवन शाही पनि पक्राउ परेका छन् ।

उनीहरूको साथबाट ६ सय ३० मिलिग्राम ब्राउन सुगर, चरेस र ३२ ग्राम गाँजाको धुलो बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रामप्रसाद घर्तीले जानकारी दिनुभयो ।

टिप्पणीहरू