बालिकामाथि जबरजस्ती करणी

बालिकामाथि जबरजस्ती करणी

बर्दियामा १४ वर्षीया बालिकामाथि जबरजस्ती करणी भएको छ । उक्त अभियोगमा गुलरिया नगरपालिका–६, स्थित खाजा घरमा काम गर्ने जाजरकोट शिवालय गाउँपालिका ७ घर भएका ३० वर्षीय जनक शाही पक्राउ परेका छन् ।

उनलाई प्रहरीले आज बिहान पक्राउ गरेको हो । शाहीले बालिकालाई जबरजस्ती करणी गरेको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको टोलीले तत्काल पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।

टिप्पणीहरू