कोरोना संक्रमणको चर्को जोखिम, झण्डै ५ हजार संक्रमित

कोरोना संक्रमणको चर्को जोखिम, झण्डै ५ हजार संक्रमित

कोरोनाको जोखिम दिनानुदिन बढ्दै छ । संक्रमणदर निरन्तर उकालो लागिरहेको छ । केही साताअघि स्थिर रहेको कोरोनाले पुनः विकराल रुप लिन थालिसकेको छ । पछिल्लो २४ घण्टामा नेपालमा चार हजार नौ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार एक सय ३१ वटा नमूना परीक्षण गर्दा उक्त संख्यामा कोरोना संक्रमण पुष्टि भएको हो । १२ हजार पाँच सय ६२ जनामा गरिएको पीसीआर परीक्षणमा चार हजार पाँच सय ३४ जनामा र दुई हजार पाँच सय ६९ जनामा एन्टिजेन परीक्षण गर्दा चार सय २७ जनामा संक्रमण देखिएको हो ।

योसँगै देशभर सक्रिय संक्रमितको २५ हजार छ सय ८० रहेको छ । पछिल्लो २४ घण्टामा चार सय ३५ जना डिस्चार्ज भएका छन् भने तीन जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

टिप्पणीहरू