शिक्षक आफ्नै घरमा झुण्डिए

शिक्षक आफ्नै घरमा झुण्डिए

रोल्पाको सुनछहरी गाउँपालिका ४, स्युरीमा एक जना शिक्षक झुन्डिएको अवस्थामा फेला परेका छन् । स्थानीय फूलबारी टोलस्थित श्री सिद्ध प्राथामिक विद्यालयमा कार्यरत २८ वर्षीय धनबहादुर विक हिजो साँझ आफ्नै घरको उपल्लो तलामा झुण्डिएको अवस्थामा फेला परेको प्रहरी कार्यालय स्यरीका हवल्दार बेगम नेपालीले जानकारी दिनुभयो ।

‘घटना के कारणले भयो भन्ने बारेमा जानकारी नभएको र थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय सुलिचौरबाट टोली घटनास्थलतर्फ गइरहेको,’ प्रहरी कार्यालय स्युरीले बताएको छ ।

टिप्पणीहरू